राजनीति
श्रेष्ठ र भुसालबीच राजनीतिक परिस्थिति र पार्टी एकता सम्बन्धमा छलफल
०

काठमाडौँ, साउन २३-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबीच समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकतालगायत विषयमा छलफल भएको छ ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिको कार्यभारबारे गम्भीर छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । त्यसक्रममा नेपालका विभिन्न राजनीतिक दलको वर्तमान अवस्था र भूमिका, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























