राजनीति
रविको ‘कट आउट’ तस्बिरमा राखी बाँध्न रास्वपाको निम्तो
०

काठमाडौँ, साउन २३-
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन्। तर, रास्वपाले उनको कट आउट तस्बिरमा राखी बाँध्ने कार्यक्रमको आयोजना गरेको छ।
शनिबार परेको जनै पूर्णिमा तथा राखी बाँध्ने दिनको अवसर पारेर रास्वपाले पार्टी सभापति लामिछानेको कट आउट तस्बिरमा राखी बाँध्ने कार्यक्रम राखेको हो। रास्वपा नेता दीपक बोहराका अनुसार लामिछानेको कट आउट तस्बिर भैरहवा कारागार अगाडिको प्राङ्गण र केन्द्रीय कार्यालय वनस्थलीमा उभ्याइनेछ। उक्त कट आउट तस्बिरमा दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म राखी बाँध्न सकिनेछ।
ु
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























