राजनीति

रास्वपा लक्षित गृहमन्त्रीको टिप्पणी ‘काम नगरी हल्ला गरेर मात्र राजनीति जितिदैन’

Banner

काठमाडौँ, साउन २३-

गृहमन्त्री रमेश लेखकले ‘कतिपय मानिसहरू’ कामै नगरेर हल्ला गरी राजनीति जित्ने कुरा गरिरहेको टिप्पणी गरेका छन्। शुक्रबार कांग्रेसनिकट आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै लेखकले यस्तो टिप्पणी गरेका हुन्।

‘कतिपय मानिसहरूले कामै नगरेर हल्ला गरेर राजनीति जित्ने कुरा गरिरहेका छन्,’ लेखकले भने, ‘नेपाली कांग्रेस काम गर्छ, हल्ला कम गर्ने गरेका कारण पनि हामी पछि परेका छौँ।’

कांग्रेसले अनावश्यक हल्ला भने गर्न नहुने उनले बताए। ‘अनावश्यक हल्ला गर्नुहुन्न, नभएको काम भन्नुहुन्न, नगरेको कुरा भन्नुहुन्न, तर नेपाली कांग्रेसले गरेका कुराहरूको प्रचार गर्न पनि जरुरी छ,’ गृहमन्त्री लेखकले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला आदिवासी जनजातिका लागि तमाम राजनीतिक कुरा भएको दाबी गर्दै लेखकले आगामी दिनमा पनि आदिवासी जनजातिका लागि के गर्नुपर्छरु कांग्रेस तयार रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>