राजनीति
माओवादीले कसलाई बनायो वैकल्पिक केन्द्रीय सदस्य ?
०

काठमाडौं, साउन २३-
नेकपा (माओवादी केन्द्र) ले वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ। माओवादीले योङ कम्युनिस्ट लिग (वाइसिएल) का ५ जना पूर्वउपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
पार्टी स्थायी समिति बैठकको निर्णय शुक्रबार सर्कुलर गर्दै माओवादी केन्द्रले वाइसिएलमा यसअघि उपाध्यक्ष रहेका र उमेरहदलगायत कारणले बिदा भएकाहरूको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रको सर्कुलरअनुसार सुजीत ढुंगाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम र केहरसिंह गुरूङ वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























