राजनीति
दुर्गा प्रसाईंले भने- मेरो स्वभाव परिवर्तन हुनेछैन
०

काठमाडौं,साउन १९-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई कारागार पनि घरभन्दा फरक नलागेको बताएका छन् । उच्च अदालतले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जालमा स्टाटस राख्दै यस्तो बताएका हुन् ।
“मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरूमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेका छन् । उनले तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने बताएका छन् । “म मेरो लागि हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन,” उनले भनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























