राजनीति
मन्त्रीको राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नान बनेको हो ?
०

काठमाडौँ, साउन १९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूले राजीनामा दिने बित्तिकै छानिबन गर्न नपर्ने हो भन्दै प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो। भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो। राजीनामा भनेको भ्रष्टाचार को अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ। तत्कालिन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो। छानबिनको फाइल बन्द भयो। अनि त्यही अडियो मा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदुष्य शक्तिको संरक्षण दिएको छ। के उहाँको लागि अर्कै कानुन छ। छानबिन गर्नुपर्दैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























