राजनीति
विद्युत् विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम रावल
०

काठमाडौं, साउन १७-
पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले सरकारले विदेशी सेना नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन् । शनिबार (साउन १७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानुन बनाइएको उनले उल्लेख गरे । सरकारले त्यसको ‘सुरक्षा आफैँ गर्नू’ भनेको भन्दै उनले त्यसले विदेशी सेनालाई नेपाल भित्रने बाटो खुलाएको टिप्पणी गरे ।
विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने उनले बताए । उनले अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो रु भन्दै उनले प्रश्न गरे ।
फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























