राजनीति

सरकार गरिब हो, नागरिक छैनन्ः शंकर पोखरेल

Banner

काठमाडौं, साउन १७-

नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाल गरिब नभएको दाबी गरेका छन्।

उनले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन् तर बाहिर गएर विदेशीहरूले भन्दा ज्यादा खर्च गरिरहेका छन्। त्यसैले नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन्। नागरिक गरिब छन् भन्नुको कारण अनौपचारिक अर्थतन्त्रको गणना नगर्दाले हो। अनौपचारिक अर्थतन्त्रको गणना गर्ने हो भने नेपाल चर्चामा रहेजस्तो गरिब होइन।’

उनले थपे, ‘राज्य घाटामा छ, बैङ्कहरूमा पैसा थुप्रिएको छ। तर लगानी वृद्धि हुन सकेको छैन। तरलता नियन्त्रण गर्नको लागि राज्यले लगानी गर्नुपरेको छ राष्ट्र बैङ्कको माध्यमबाट। विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने राज्य सन्तुलनमा लगानी गर्न बाध्य छ। राष्ट्र बैंक तरलता सन्तुलन गर्नको लागि लगानी गरिरहेको छ। जे कुरामा लगानी गर्नुपर्ने हो त्यो कुरामा गर्न हामीले सकेका छैनौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>