राजनीति

माओवादीसँग एकीकरण होइन, सहकार्यको कुरा भएको होः माधव

Banner

काठमाडौँ, साउन १६-

नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि छलफल नभएको दाबी गरेका छन्।

शुक्रबार सुनसरीको पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ नेपालले भने ‘अहिले एकीकरणको कुरा भएकै छैन। सहकार्यको कुरा भएको हो।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>