राजनीति

एमाले विभाजन गरेर गलत गरिएछः झलनाथ खनाल

Banner

काठमाडौं,साउन १६-

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेकपा एमाले छाडेकामा पश्चाताप गरेका छन्। उनले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु नै गलत भएको बताएका छन्।

‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गनै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>