राजनीति

मन्त्रीको कार्यसम्पादनमा प्रश्न उठे हेरफेर गरिन्छः मन्त्री गुरुङ

Banner

काठमाडौं, साउन १५
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत गरेका छन् । आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङ सत्तारूढ दलहरूबीच सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुने बताए ।

“सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन । अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन,”

उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे । “सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ,” उनले भने । मन्त्री गुरुङले सत्ता साझेदार दल एमाले र कांग्रेसबीच अहिले नै अविश्वासको अवस्था पैदा नभएको पनि स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>