राजनीति

भेला ‘विधानविपरीत’अध्यक्ष म नै होः रञ्जिता श्रेष्ठ

Banner

काठमाडौं, साउन १५-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् । बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताइन् । आफूले कुनै भेला आह्वान नगरेको उनको भनाइ छ ।

श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको दाबी गरिन् । “म निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन,” उनले भनिन् ।नाउपाले अध्यक्षमा लालवीर चौधरी चयन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>