राजनीति

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री

Banner

काठमाडौँ, साउन १५-

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो । उहाँले यस वर्ष तराई(मधेसमा सुक्खा लागेकाले राम्रो खेती हुन नसकेक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्नभण्डारका रुपमा रहेको तराई(मधेसमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिनुभयो । विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>