राजनीति
राप्रपाका प्रदेश सभा उम्मेदवारलाई लिङ्देनका स्वकीय सचिवले हेल्मेटले कुटे
०

काठमाडौं, साउन १५-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।
गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।
कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























