राजनीति

‘युवा पुस्तालाई कृषि पेसामा संलग्न गराउनुपर्छ’ : नेकपाका महासचिव पोखरेल

Banner

काठमाडौँ, साउन १५ –

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको आज यहाँ शुभारम्भ गर्दै खिर खाने कार्यक्रममा समेत सहभागी भइ उहाँले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने बताउनुभयो । “जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताउनुभयो । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन सङ्घले योजना बनाएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>