राजनीति

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : कांग्रेस नेतृ डा देउवा

Banner

गण्डकी, साउन १५ –

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भन्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुनेभएपनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो । ”

कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उहाँहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न् जरुरी छ भन्नुभयो

“उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ उहाहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिड्नु एकदमै जरुरी छ”, उहाँले भन्नुुभयो, “हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।”

आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रशंग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राख्नुुभयो ।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उहाँले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताउनुुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालिन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताउनुुभयो ।

गुट गुटमा विभाजित नभै पार्टीलाई एकतावद्ध बनाएर लैजानु अपरिहार्य भएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतिलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>