Breaking News

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

Banner

चितवन, साउन १४–

संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएका श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिएको छैन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आन्तरिक समस्याका कारण लामा नेतृत्वको सरकारबाट ५ जना मन्त्रीले राजीनामा दिएका थिए भने उनीहरुको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । मन्त्री बिहीन रहेका पाँच मन्त्रालयका लागि मुख्यमन्त्रीले आज तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

अहिले बागमतीमका युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

गत साउन ९ मा चार जना र साउनमा मा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । हिजो बनेको संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो । तर मुख्यमन्त्री लामाले अझै राजीनामा नदिने अडानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>