चितवन विशेष
फोर्ब्स कलेजका विद्यार्थीद्धारा निःशुल्क पिउने पानी र प्राथमिक उपचार सहायता प्रदान

भरतपुर,साउन १३-
फोर्ब्स कलेजको आयोजना र लायन्स क्लब अफ देवघाटको सहयोगमा देवघाटमा भक्तजनहरूका लागि निःशुल्क पिउने पानी र प्राथमिक उपचार सहायता प्रदान गरिएको छ । सोमबार देवघाट पुग्ने भक्तजनको भीडभाडलाई मध्यनजर गरी पिउने पानी र प्राथमिक उपचारको व्यवस्था गरिएको हो ।
उक्त कार्यक्रममा फोर्ब्स कलेजको बिएचएम, बिसीएसआईटी साइबर सेक्युरिटी विभागका विद्यार्थीहरूले स्वयंसेवकको रूपमा सक्रिय सहभागिता जनाउँदै समाजसेवामा आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका थिए । कार्यक्रम फ्याकल्टी सदस्य आतिष केबी लमिछाने र उपप्राचार्य योगेन्द्र मण्डलको नेतृत्व तथा समन्वयमा सम्पन्न भएको थियो । साथै लायन्स क्लब अफ देवघाटका अध्यक्ष आत्माराम पाण्डेको विशेष सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाएको थियो ।
फोर्ब्स कलेजले शिक्षा मात्र नभई सामाजिक उत्तरदायित्व र व्यवहारिक सिकाइलाई समेत जोड दिँदै आएको छ ।

























