चितवन विशेष

`सरकारी सेवा: कति आकर्षण, कति विकर्षण´ शीर्षकमा विमर्श

Banner

चितवन, साउन १०-
लेट्स टकको आयोजनामा `सरकारी सेवा: कति आकर्षण कति विकर्षण´ भन्ने शीर्षकमा रहेर बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारका उप-सचिव विष्णु प्रभा सापकोटा, शिक्षक अगुवा होमनाथ न्यौपाने तथा शिक्षक अगुवा इन्दिरा मरहठ्ठा वक्ताको रुपमा रहनुभएको उक्त कार्यक्रम पत्रकार एवं शिक्षक विपिन पाठकले सहजीकरण गर्नुभएको थियो।


सरकारी सेवामा रहेका र सेवा प्रवेश गर्न चाहने लगायतका अग्रज प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले समग्र सरकारी सेवाको सेवा प्रवाह,समस्या र आगामी कार्यदिशाबारे बिहंगम छलफल समेटेको थियो। सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, आर्थिक पारदर्शिता तथा इ गभर्नेन्सको अवधारणा अगाडि ल्याएर सरकारी सेवा प्रवाहलाई सुधार गर्न सकिने वक्ताहरूको भनाई रहेको थियो । अविरल यात्री, बासुदेव सापकोटा, अर्जुन अर्याल, कृष्णप्रसाद खनाल, सामना पहाड, राजु अधिकारी लगायतका प्रश्नकर्ताका जिज्ञासाहरूलाई वक्ताहरूले प्रष्ट पारेका थिए। लेट्स टकका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>