चितवन विशेष

चितवनमा असार महिनाको उत्कृष्ट प्रहरी बने कपिल घिमिरे

Banner

चितवन, साउन ५-

जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी जवान कपिल घिमिरेलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

उनले भरतपुरका विभिन्न स्थानमा भएका चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न, चितवन जिल्ला भित्र विभिन्न स्थानमा भएको सुनको ढिक्का देखाई तथा डलर साटिदिने भनी ठगी गर्ने गिरोह पक्राउ गर्न, चितवन जिल्ला भित्र भएका विभिन्न सवारी दुर्घटनाहरूको सफल अनुसन्धान गरी सवारी साधन तथा चालक नियन्त्रणमा लिन, संस्थाको नाममा जागिर तथा विभिन्न कामहरूको प्रलोभन देखाई ठगी गर्ने संस्थामा आवद्ध व्यक्तिहरू समेत नियन्त्रणमा लिन, लागू औषध (खैरो हिरोइन) प्रयोगकर्ता तथा ओसारपोसार गर्ने विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

संगठनको नीति निर्देशन अनुसार दिइएको जिम्मेवारी वफादारी लगनशील र अनुशासीत भई प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेका उनलाई उक्त महिनाका उत्कृष्ट प्रहरी घोषण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सम्पादित उत्कृष्ट कार्यको कदर स्वरुप ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने अभिप्रायले तयार पारिएको ‘उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७’ बमोजिम उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>