चितवन विशेष
ईश्वरपुर आँखा उपचार केन्द्र ‘वर्ष उत्कृष्ट शाखाको रूपमा सम्मानित

चितवन, साउन ५–
भरतपुर आँखा अस्पतालले सञ्चालन गरिरहेका २५ वटा उपचार केन्द्र मध्ये सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्र उत्कृष्ट घोषित भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ‘वर्ष उत्कृष्ट शाखा’ को रूपमा सर्लाही शाखा सम्मानित भएको हो । नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको सहकार्यमा सञ्चालित यस केन्द्रले चार मध्ये दुई विधामा—‘उत्कृष्ट संयोजक’ र ‘उत्कृष्ट व्यवस्थापन’ मा संमान प्राप्त गरेको हो।
उत्कृष्ट संयोजकको रूपमा ईश्वरपुर केन्द्रका संयोजक तथा ईश्वरपुर नगरप्रमुख मनोज आचार्य र उत्कृष्ट केन्द्रको रुपमा केन्द्रले पाएको सम्मान प्रमुख चन्दन मणि रामले ग्रहण गरेका थिए ।
सम्मान ग्रहण कार्यक्रममा उप–संयोजक प्रकाश मैनाली, नगर अस्पताल सञ्चालक समिति सदस्य दिपेन्द्र साह, र कायपालीका सदस्य गणेश ठाकुर चितवन पुगेका थिए।
नगरको सानो प्रयासले धेरै नागरिकले सेवा पाएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले ‘भरतपुर आँखा अस्पतालबाट प्राप्त सम्मानले थप प्रेरणा दिएको बताउनुभयो । हाल नेत्र सहायकद्वारा सेवा दिइँदै आएकामो ईश्वरपुर आँखा उपचार केन्द्रमा अब विशेषज्ञ डाक्टरद्वारा सेवा सुरु गर्ने योजना बनाइएको छ। यो योजना हालै प्राप्त सम्मान र स्थानीय जन समुुदायको मायाका कारण उत्प्रेरित भएको केन्द्रका उप–संयोजक प्रकाश मैनालीले बताउनुभयो । मैनालीका अनुसार, विशेषज्ञ सेवा सञ्चालनसँगै केन्द्रको सेवा गुणस्तरीय र प्रभावकारी बन्ने, र त्यसले सर्लाही जिल्लाभरिका आँखासम्बन्धी समस्या भएका नागरिकलाई राहत मिल्ने छ ।
यसैबीच, भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेशकुमार धिमिरेले हाल ईश्वपुुर केनद्रमा प्रत्येक महिनाको २२ गते मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकोमा अबदेखि हरेक १५–१५ दिनमा, र नियमित साप्ताहिक रूपमा सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। दीर्घकालीन रूपमा दैनिक सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको घिमिरेले बताउनुभयो ।
सेवा विस्तारको प्रभावबारे बोल्दै मैनालीले भन्नुभयो, “यो योजना सफल भएमा ईश्वरपुर नगर मात्र नभई सम्पूर्ण सर्लाही जिल्लामा आँखासम्बन्धी सेवा पहुँचमा पुग्नेछ । बयलवास बजारमा आर्थिक र सामाजिक चहलपहल बढ्ने मैनालीको बिसवास छ ।
कार्यपालिका सदस्य गणेश ठाकुरले ्सेवा केन्द्रमा सेवा बिस्तारसंगै यहाँका नागरिकले सेवा लिन बाहिर जान नपर्ने बताउनुभयो ।
त्यस्तै, नगर अस्पताल सञ्चालक समिति सदस्य दिपेन्द्र साहले भन्नुभयो, “नगरभित्रै सबै सेवा उपलब्ध हुँदा ईश्वरपुर र छिमेकी पालिकाका नागरिकले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।”
ठोरी गाउँपालिकामा सञ्चालनमा रहेको ठोरी आँखा उपचार केन्द्रले यो वर्ष दुई विधामा उत्कृष्टताको आधारमा सम्मान प्राप्त गरेको छ। उत्कृष्ट केन्द्र प्रमुख’ र ‘उत्कृष्ट अप्टिकल डिस्पेन्सर’ विधामा केन्द्रले पुरस्कार प्राप्त गर्दै बाजी मारेको हो।
कार्यक्रमको अध्यक्षता भरतपुर आँखा अस्पतालका कार्यवाहक सभापति तेजेन्द्रबहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा नपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सभापति ऋषिराम पौडेल, केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्केलगायतको उपस्थिति रहेको थियो ।























