प्रवास

एनआरएनए अष्ट्रेलियामा चुनावी सरगर्मी बढ्यो, विनोदको नेतृत्वमा ‘टिम उदाहरण’ घोषणा

Banner

अष्ट्रेलिया, साउन ५–

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा अहिले चुनावी माहोल तातेको छ । सन् २०२५–२०२७ कार्यकालका लागि धमाधम टिम निर्माण गर्दै उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएको घोषणा गर्न थालेका छन् । यसैक्रममा ‘टिम उदाहरण’ नाम दिएर एउटा प्यानल नै चुनावी मैदानमा होमिएको छ । राज्य संयोजक (स्टेट कोअर्डिनेटर) मा विनोद बानियाँको नेतृत्वमा ‘टिम उदाहरण’ प्यानल घोषणा गरिएको छ ।

उक्त प्यानलमा विशाल बाबु कोइराला (उप–संयोजक), ज्ञानेन्द्र तामाङ (सचिव), खुम घले (संयुक्त सचिव), अनुप चन्द्र सुवेदी (कोषाध्यक्ष), सङ्गीता अधिकारी कोइराला (महिला संयोजक), र विशाल भट्ट (युवा संयोजक) उम्मेदवार छन् ।
यस्तै दिवाकर पौडेल, यमप्रसाद पौडेल, सञ्जोग पराजुली र फुर्मन तामाङ सदस्य पदमा प्रतिस्पर्धी रहेका छन् भने धिरज सापकोटा उप–युवा संयोजक पदमा, सम्योग आचार्य, विशाल पन्त, सौरभ रेग्मी र दिनेश सुवेदी युवा सदस्यतर्फ उभिएका छन्। महिला सदस्यतर्फ स्विकृति तुम्बाहाङ्फे र पूजा भट्टराई तथा एनसीसी सदस्य पदका लागि तीर्थ नहर्की उम्मेदवार छन्।

समर्पण, अनुभव, दक्षता र उत्साहले भरिएको टिम उदाहरणले एनआरएनएलाई अझ सक्षम, उत्तरदायी र सबैको प्रतिनिधित्व गर्ने संस्था बनाउने अठोटसहित उनीहरु मैदानमा उत्रिएका छन्। आफ्नो घोषणामार्फत टिमले “हामी एउटै सोच, एउटै सपना र एउटै प्रतिबद्धतासहित अगाडि बढ्दैछौं” भन्ने उद्घोष गर्दै सबै नेपालीको हितमा क्रियाशील रहने वाचा गरेको छ।

सामूहिक प्रतिबद्धता, पारदर्शिता, समावेशी सहभागिता र समाजप्रतिको उत्तरदायित्वलाई मूल मूल्यका रूपमा अघि सार्दै, टिम उदाहरणले आफ्नो घोषणामा सबै नेपालीको भावना बोकेर काम गर्ने, हरेक तहका समुदायसँग सहकार्य गर्ने र एनआरएनएलाई सबैको साझा संगठन बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन २०२५ यही जुलाई २६ तारिखका दिन हुने तय भएको छ। उम्मेदवारी घोषणा पछि टिम उदाहरणका सदस्यहरू अहिले विभिन्न स्थानमा सम्पर्क र संवादमा जुटिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>