चितवन विशेष

एभरेष्ट महिला भलिबल लिगः चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश

Banner

चितवन,साउन २-

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाज नयाँ टोलीको रूपमा भित्रिएको छ । लुम्बिनी लाभाजले आगामी भदौमा आयोजना हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउने भएको हो । प्रतियोगिताको पहिलो संस्करण खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको क्लबले जनाएको छ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहने छ । लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान पुग्ने क्लबले लिएको छ । पछिल्लो समय लुम्बिनीमा दक्ष महिला भलिबल खेलाडीहरू बढिरहेका छन् ।

लुम्बिनी लाभाजले निकट भविष्यमै आफ्ना मार्की खेलाडी र मुख्य प्रशिक्षक घोषणा गर्ने पनि जनाएको छ । एभरेष्ट महिला भलिबल लिगको शुक्रबार हुने अक्सनका लागि पनि आफूहरु तयार रहेको क्लबले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>