चितवन विशेष

चितवनको रत्ननगरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

Banner

रत्ननगर,साउन १-

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा आज भएको सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो ।

खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्याक्टरले साइकललाई पन्तको ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डीएसपी) रञ्जन अवाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते पन्तको रत्ननगरस्थित बकुलहर अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>