चितवन विशेष
चितवनमा खोलाले बगाएको चप्पल ल्याउन जाने क्रममा डुबेका बालक बेपत्ता,खोजी कार्य जारी
०

भरतपुर,असार २६-
खोलामा पौडी खेल्ने क्रममा चितवनमा एक जना बालक बेपत्ता भएका छन । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्साल बेपत्ता भएका हुन् ।
रत्ननगर-७, पडेरियास्थित मामाघर आएका लम्साल साथिसंग खोलामा पौडी खेल्न गएका थिए । खोलाले बगाएको चप्पल ल्याउन जाने क्रममा उनलाई खोलाले बगाएको थियो । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल बिहीबार बेलुकी ९ बजेसम्मपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको खोजीका लागि विपद् व्यवस्थापनसहितको सुरक्षाकर्मीको टोली खटिएको छ भने हात्ती र डुङगा प्रयोग गरेर खोजी कार्य भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























