चितवन विशेष

एसईईमा लिटिल फ्लवार स्कुलको शतप्रतिशत नतिजा, ५ जनाले ल्याए ४ जीपीए

Banner

चितवन, असार १६–

चितवनको नारायणगढस्थित लिटिल फ्लवार स्कुलले हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

५ जनाले ४ जीपीए अंकसहित सबै विद्यार्थी उत्कृष्ट जीपीएसहित उत्तीर्ण भएको विद्यालयका कोअर्डिनेटर कृष्ण ढकालले जानकारी दिए ।

कुल १६७ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । ५ जनाले ४ जीपीए, ११६ जनाले ‘ए प्लस’, ४१ जनाले ‘ए’ र ५ जना ‘बी प्लस’ श्रेणीमा उत्तीर्ण भएका छन् ।

वर्षेनी उत्कृष्ट नतिजा ल्याउने यस विद्यालयमा विद्यार्थीहरुको संख्या वर्षेनी बढ्दो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>