चितवन विशेष

यू-१९ चितवन च्याम्पियनसिपको ट्रफी र जर्सी सार्वजनिक

Banner

भरतपुर,जेठ २०-

भरतपुरमा हुने यू–१९ चितवन च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको ट्रफी र जर्सी (रिभिलिङ) सार्वजनिक गरिएको छ ।

आज पर्यटकीय स्थल बिसहजारी तालमा ट्रफी र जर्सी सार्वजनिक गरिएको हो । चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पिया र प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञा विलास (वाइबी) पौडेलले ट्रफी र जर्सी सार्वजनिक गर्नुभयो ।
प्रतियोगिता जेठ २१ देखि हुने छ । प्रतियोगितामा चार टिमले भाग लिने आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेलाडीको छनोट १९ गते नारायणगढको क्याम्पाचौरमा सम्पन्न भएको छ ।

रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जेठ २४ गतेसम्म प्रतियोगिता चल्नेछ । प्रतियोगितापछि यू–१९ खेल्ने जिल्ला टिम तयार गरिने पियाले बताउनुभयो । नयाँ टिमलाई संघका प्रशिक्षक सन्जम रेग्मीले प्रशिक्षण दिनुहुनेछ । प्रतियोगिता राउण्ड रोविन फर्मेटमा संचालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>