Breaking News

दुई लाखको बाटोमा सुनको मूल्यः चाँदी पनि बढ्यो

Banner

चितवन,जेठ २०-

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा दुई हजार नौ सय रुपैयाँले बढी हो। सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>