चितवन विशेष

दोश्रो माधवपुर गोल्डकपः अभिषेक चर्च रजहरसंग बागमती पुलिस क्लब स्तब्ध

Banner

रत्ननगर,जेठ १२-

रत्ननगरको माधवपुरमा जारी दोश्रो माधवपुर गोल्डकपको तेश्रो खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा माधवपुर मैदानमा जारी प्रतियोगितामा रजहरले बागमती पुलिसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ बराबरीमा सकिएको प्रतियोगिताको दोश्रो हाफको २२ औं मिनेटमा रजहरका लागी जर्सी नम्बर १४ का खेलाडी समिप ढकालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा रजहरकै जर्सी नम्बर-११ का खेलाडी अनिस मगरले एक गोल थपे। त्यस्तै खेलको ३८ औं मिनेटमा जर्सी नम्बर ५ का खेलाडी जनक कोईरालाले १ गोल गरेपछि रजहरले ३-० ले अग्रता लिएको थियो ।

प्रतियोगितामा निरिह देखिएको बागमती पुलिसले ७० मिनेटपछि थपिएको ४ मिनेटको अन्तिम समयमा एक गोल गरेपनि हारबाट आफुलाई जोगाउन सकेन । पुलिसका लागी जर्सी नम्बर ३ का निर्मल रानाले एक गोल गरेका थिए । खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च रजहरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भोली मंगलबार प्याराडाइज फुटबल क्लब सिसुवार र पञ्चदिप युवा क्लब सालघारी चितवन बीच प्रतिस्पर्धा हुनेछ। खेल अपरान्ह  ४ः०० बजे सुरु हुने खेल संयोजक भिम वाईवाले जानकारी दिए। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । जेठ १८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा रत्ननगर नगरपालिका १५ नं वडा कार्यलय संरक्षक तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज मुख्य प्रायोजक रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>