प्रवास
अष्ट्रेलियामा रहेका नेपाली युवाले ल्याए ‘के–छ’ एप, यस्ता छन् यसको विशेषता

अष्ट्रेलिया, जेठ ७–
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन र आफ्नो सांस्कृतिक पहिचानलाई जोगाउन नयाँ सामाजिक सञ्जाल एप ‘के–छ’ (K–Cha) सार्वजनिक गरेका छन् । विदेशमा बसेर पनि आफ्ना साथीभाइ र परिवारसँग सहज रूपमा जोडिन हुने, नेपाली भाषा र संस्कृतिमा आधारित मनोरञ्जन र संवादको अवसर प्रदान गर्ने उद्देश्यले तयार गरिएको यो एपले नेपाली युवाबीच द्रुत रूपमा लोकप्रियता कमाइरहेको छ ।
‘के–छ’ एपले विश्वभरिका नेपालीहरूलाई एउटै प्लेटफर्ममा ल्याएर आफ्ना अनुभव, विचार र रमाइला पलहरू साझा गर्ने अवसर दिन्छ । यो एप नेपाली भाषामा सहज इन्टरफेस र प्रयोगमैत्री डिजाइन भएकोले प्रवासी नेपालीहरूलाई आफ्नै भाषामा संवाद गर्न र नेपालीपनमा गर्व गर्न प्रेरित गर्दछ ।
‘के–छ’ एपका मुख्य विशेषताहरूः
सर्ट भिडियोहरू (Reels): के–छले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता व्यक्त गर्न र छोटो, आकर्षक सर्ट भिडियोहरू निर्माण गर्न सुविधा दिन्छ । यसबाट नेपालीहरूले आफ्नो दैनिक जीवनका रमाइला क्षणहरू, परम्परा, गीतसंगीत वा हास्यव्यंग्य सजिलै प्रस्तुत गर्न सक्छन् ।
पोस्ट र स्टाटस सेयर गर्ने सुविधाः
फोटो, अडियो क्लिप र लेखमार्फत आफ्ना भावना, विचार र अनुभवहरू सजिलै सार्वजनिक गर्न सकिन्छ। यसले प्रयोगकर्ताहरूलाई आफ्ना साथीभाइहरूसँग नजिक बनाउँछ ।
च्याट र सार्वजनिक च्याट रुमहरूः नेपाली समुदायका सदस्यहरू विभिन्न विषयहरूमा छलफल गर्न, नयाँ साथीहरू बनाउन र रमाइलो गर्न सार्वजनिक वा निजी च्याट रुमहरूमा जोडिन सक्छन् । यसले सामाजिक अन्तरक्रिया र मित्रता विकासमा सहयोग पु¥याउँछ ।
स्थान–आधारित साथी खोज्ने सुविधाः
के–छ एपले नजिकका नेपाली साथीहरू फेला पार्न सजिलो बनाएको छ । यसले प्रवासी नेपालीहरूको सामाजिक सञ्जाल विस्तार गर्न मद्दत गर्दछ ।
नेपाली भाषामा सहज इन्टरफेस र सांस्कृतिक मायाः
नेपाली भाषाको पूर्ण समर्थन र नेपाली संस्कृतिलाई सम्मान गर्दै बनेको यो एपले प्रयोगकर्ताहरूलाई आफ्नो भाषा र पहिचानमा गर्व गर्न प्रेरणा दिन्छ ।
के–छ एपका संस्थापक उज्वल खनालले युवाहरुको मनोभाव बुझेर यो एपको सुरुवात गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र साथीभाइसँग निरन्तर जोडिई राख्न एउटा यस्तो प्लेटफर्म आवश्यक थियो, जहाँ उनीहरू स्वतन्त्र र रमाइलो रूपमा आफैलाई व्यक्त गर्न सकून् । के–छले यो आवश्यकतालाई पूरा गर्ने उद्देश्य राखेको छ । हामीले नेपाली युवाहरूको मनोभाव बुझेर यो एप तयार गरेका हौं जसले नेपाली समुदायलाई अझै बलियो र एकीकृत बनाउनेछ ।”
के–छ एपको महत्व
नेपालबाट टाढा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै विश्वभरका नेपालीहरूलाई एउटै ठाउँमा ल्याउने के–छले प्रवासी नेपालीहरूबीच नयाँ मित्रता, संवाद र समृद्धि ल्याउने आशा गरिएको छ। यो एपले केवल सामाजिक सञ्जाल मात्र नभई नेपाली समुदायको सांस्कृतिक केन्द्र बन्ने लक्ष्य राखेको छ।
के–छ एप कसरी डाउनलोड गर्ने ?
‘के–छ’ एप अब दुवै प्रमुख मोबाइल प्लेटफर्महरू—एन्ड्रोइड र आइओएस—मा उपलब्ध छ । तपाईं एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर र आईफोनका लागि यहाँ क्लिक गरेर सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।सयौं नेपालीहरू यस एपमा सक्रिय भइसकेका छन् र आफूलाई नेपाली पहिचानमा गर्व गर्दै नयाँ साथीहरू बनाउँदैछन् ।