चितवन विशेष
चितवनको दाहाखानीमा स्विमिङ पुलमा युवा मृत भेटिए,संगै गएका ८ जना साथिहरु नियन्त्रणमा
०

चितवन,जेठ ७-
चितवनमा स्विमिङ पुलमा डुवेर एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ७ दाहाखानीस्थित दाहाखानी भिउ रिसोर्टमा पौडी खेल्ने क्रममा डुवेर भरतपुर महानगरपालिका २२ का २५ वर्षिय लोकेश महतोको मृत्यु भएको हो । मंगलबार सांझ ९ जना साथिहरुसंग रमाइलो गर्न महतो दाहाखानी रिसोर्ट पुगेका थिए । रिसोर्टभित्र रहेको बारमा खाजा खाएर स्वीमिङ पुलमा पौडी खेल्न गएका महतो धेरैबेर नफर्किएपछि साथिहरु हेर्न जाँदा स्विमिङ पुलमा तैरिरहेको अवस्थामा देखेर उनिहरुले नै उपचारका लागि भरतपुर ल्याएका थिए । अस्पताल ल्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । संगै गएका ८ जना साथिलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















