Breaking News

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या,आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भिर

Banner

चितवन,जेठ २-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी छोरी ७ वर्षकी प्रभालाई बिहान १० बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

हतियार प्रहराबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ। घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>