चितवन विशेष

हावाहुरीले रुख र पोल ढल्दा चितवनका विभिन्न क्षेत्र अन्धकार, विद्युत आउन केही समय लाग्ने

Banner

चितवन, जेठ १-

चितवनका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । आज (विहीबार) साँझ आएको हावाहुरीले रुख ढलेर विद्युतका पोलमा लाग्दा चितवनका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

ठाउँमा ठाउँमा थुप्रै रुख र विद्युतका पोलहरु ढलेको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । पोल र रुखहरू ढल्दा तारहरू पनि चुँडिएका छन्, जसका कारण नियमित विद्युत आपूर्ति गर्न केही समय लाग्ने वितरण केन्द्रका इन्जिनियर विनोद काफ्लेले जानकारी दिए । उनका अनुसार भरतपुर र चनौली क्षेत्रमा विद्युत सेवा पूर्ण रुपमा ठप्प छ । अहिले विद्युत सेवा सञ्चालन गर्नका लागि विभिन्न ठाउँमा प्राविधिकहरु खटिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>