चितवन विशेष

ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता भारतमा सम्मानित

Banner

चितवन, वैशाख २१–

नेपालमा रक्तदानलाई प्रोत्साहन गर्न अभियान नै चलाई रहेका १३ जना रक्त अभियान्ताहरु भारतमा सम्मानित भएका छन् ।

आइतबार भारतको सोनभद्र जिल्लास्थित दुध्दी गाउँ पञ्चायतमा आयोजित ‘अन्तर्राष्ट्रिय वीरवीरङ्गना सम्मान’ समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता सम्मानित भएका हुन् । प्रगति फाउन्डेसनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय समारोहमा नेपाल, श्रीलङ्का, भुटानलगायत देशका रक्त अभियन्ताहरूलाई सम्मान गरिएको थियो ।

प्रगति फाउन्डेसनको विशेष निमन्त्रणामा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा पुगेको नेपाली टोलीमा वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, महासचिव अञ्जन दवाडी, सचिव अञ्जान तिवारी, केन्द्रीय सल्लाहकारद्वय भागीरथ बस्याल, बालचन्द्र पोख्रेल केन्द्रीय सदस्य सुरेन्द्र धिताल सम्मानित भएका छन् । यस्तै चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपिन पाठक, उपाध्यक्ष अभिषेक अधिकारी, रत्ननगर कमिटी अध्यक्ष रमेश नेपाल, आजीवन सदस्य जनक खड्का र सीता न्यौपाने सम्मानित हुनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतका विधानसभा सदस्य भुपेश चौधरी रहनुभएको थियो । भारतका विभिन्न प्रदेशहरूमा रगतको क्षेत्रमा काम गरेका अग्रज रक्त अभियान्ताहरूको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा प्रभात फेरिसहित बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सम्मानको कार्यक्रमले रगतको क्षेत्रमा काम गर्ने थप ऊर्जा र जोश थपिएको सम्मानित व्यक्तित्व सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>