खेलकुद
उज्बेकिस्तानमा हुने कराते च्याम्पियनसीपका लागि १२ खेलाडी छनोट
०

काठमाडौँ, वैशाख १५–
आउँदो जेठ ९ गतेदेखि उज्बेकिस्तानमा हुने २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनसीप (ताशकन्द)का लागि नेपालबाट १२ खेलाडी छनोट भएका छन् ।
काठमाडौँमा भएको छनोट प्रतियोगिताबाट पुरुषबाट ७ र महिलातर्फबाट एरिकासहित ५ खेलाडी छनोट भएको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । पुरुषतर्फ ५५ केजीबाट सोजन मोक्तान, ६० केजीतर्फ मिनबहादुर तामाङ, ६७ केजीतर्फ सन्तोष श्रेष्ठ, ७५ केजीतर्फ शिबु ओड, ८४ केजीतर्फ मोहम्मद सेखु आलम, ८४ केजी प्लसतर्फ तेन्जिङ शेर्पा र काटातर्फ सोनिम मानन्धर छनोट भएको भट्टराई बताए ।
उनका अनुसार महिलातर्फ हिमालयन वारियरको उपनाम पाएकी एरिका गुरुङ (६८ केजी), ५० केजीतर्फ अञ्जली महर्जन, ५५ केजीतर्फ सबिना श्रेष्ठ, ६२ केजीतर्फ निरुपा दोङ तामाङ र काटातर्फ सानु माया थिङ छनोट भएका छन् ।