चितवन विशेष
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

चितवन, वैशाख १३-
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकले ठक्कर दिदाँ भरतपुर महानगरपालिका ३ बस्ने ६० वर्षीया ताईसन तामाङको मृत्यु भएको हो ।
हिजो (शुक्रबार) आँपटारीबाट गैंडाकोटतर्फ जाँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले राती ९ः२० बजे बाटो काट्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिदाँ तामाङ गम्भिर घाइते भएका थिए । गम्भिर घाइते तामाङलाई उपचारको लागि नयाँ मेडिकल कलेज ल्याइए पनि उनको उपचारको क्रममा राती १०ः३८ बजे मृत्यु भएको थियो ।
प्रहरीका अननुसार उनको शव छोरी शर्मिला रानाभाटले सनाखत गरेकी हुन् । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।