चितवन विशेष
नारायणगढ-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
०

चितवन, वैशाख ५-
नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दाउन्नेमा हिजोदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो।
बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १३ किलोमिटर सडक खण्डमा हिजो ३ बजेदेखि सवारी साधन जाममा परेको उनले जानकारी दिए।
हिजो ३ बजे पानी परेपछि सडक चिप्लो हुँदा तीन घण्टा ठप्प भयो,’ इन्जिनियर खनालले भने, त्यसपछिको जाम अहिलेसम्म जारी छ।’ बिस्तारै गाडी चले पनि जाम यथावत रहेको उनले बताए।