चितवन विशेष

फेन्सी व्यवसायी संघद्वारा विभिन्न संघसंस्थासँग सम्झौता

Banner

भरतपुर,बैशाख ३-

फेन्सी व्यवसायी संघले नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रम सहित शुभकामना कार्यक्रमका साथ फेन्सी नव वर्ष उत्सव गरेको छ । फेन्सी नव वर्ष उत्सव जस्तो अद्भूत र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न पाएकोमा अत्यन्तै गर्वित भएको संघका अध्यक्ष रामप्रसाद पौडेलले बताउनु भयो ।

‘कार्यक्रमको माध्यमबाट संगीत र कला मार्फत समाजमा सकारात्मक उर्जा फैलाउन र एकता र मित्रताको सन्देश दिन चाहेका थियौं’, उहाँले भन्नुभयो, ‘हामी यसमा सफल भएका छौँ ।’ संघको मुख्य उद्देश्य केवल संगीतको आनन्द लिनु मात्र नभइ यसले व्यवसायीहरुमा एक अर्कासँग सम्बन्ध प्रगाढ गर्ने र युवा पुस्ताको उत्साह र सिर्जनात्मकता उजागर गर्ने अवसर पनि प्रदान गरेको उहाँको भनाइ छ । फेन्सी व्यवसायीलाई राष्ट्रियस्तरमा चिनाउने र व्यवसायी ाई ऐक्यबद्धता बनाउने कार्य फेन्सीले गरेको पौडेलले बताउनुभयो ।

कार्यक्रममा संघले सेन्ट्रल हस्पिटलसँग फेन्सी व्यवसायीको परिवारलाई उपचारमा ३० प्रतिशतसम्म छुटको व्यवस्था हुने गरि सम्झौता गरेको संघका प्रवक्ता सन्तोष पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै हाकिमचोकमा रहेको चितवन मिड टाउन होटलले फेन्सी व्यवसायीहरुलाई रेस्टुरेन्टमा १० प्रतिशत एवम् आवासमा २० प्रतिशत छुटको व्यवस्था गर्नेगरि सम्झौता भएको पोख्रेलको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>