चितवन विशेष

चितवन जुत्ता चप्पल मेलाः एकैदिन दश हजार बढीले गरे अवलोकन

०
Banner

चितवन, वैशाख ३–

चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
नयाँ वर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । २०८१ चैत्र १४ गतेदेखि जारी मेला सकिन अब एक साता मात्रै बाँकी छ ।
भरतपुर–१२ बाट परिवारको साथमा जुत्ताचप्पल किन्न आएका इश्वर घिमिरेले सुपथ मूल्यमा गुणस्तरीय जुत्ताचप्पल थप छुटसहित पाएपछी ५ जोर जुत्ता एकै पटक लिएको बताए । उनले यसभन्दा अघिको मेलाहरुमा आएर जुत्ताचप्पल किन्ने गरेको बताउदै आफ्नो देशमा उत्पादन हुने स्वदेशी जुत्ताचप्पल सबैले प्रयोग गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।
मेलामा प्रत्येक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिदै आएको छ । साथै ग्राहकहरुले नयाँ वर्ष २०८२ को अवसरमा नयाँ वर्षमा, नयाँ जुत्ताचप्पल प्रयोग गरुन र जुत्ताचप्पल खरिद गर्न आईसकेपछी खाली खुट्टा फर्किन नपरोस् भन्ने उदेश्यका साथ थप छुटको व्यवस्था गरिएको हो ।

यस्तै नयाँ शैक्षिक शत्रसंगै विद्यार्थीहरुलाई पहिला दिंदै आएको छुटमा थप १० प्रतिशत छुटको व्यवस्था गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । यसका लागि भने विद्यार्थीहरुले आफ्नो आइडी कार्ड ल्याउनुपर्ने छ ।

उनले भने, १५ देखी ५० प्रतिशत छुट मेलामा आउने सबैले पाउछन्, नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुलाई लक्षित गरी हामीले थप १० प्रतिशत जोडेर २५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौं । यसले गर्दा पनि ग्राहकहरुको भिड लागेको उनले बताए ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा चितवनसंगै नवलपरासी, हेटौंडा धादिङ्ग, गोरखा, तनहुँ लगाएतबाट अवलोकनकर्ताहरु आउने गरेका छन् । बैशाख १० गतेसम्म संचालन हुने मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।
मेलामा पाटी सुज, स्कुलका जुत्ता, स्पोर्ट सुज, बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् ।
मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ३० भन्दा बढी स्टल राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>