चितवन विशेष

ज्योती टोल बिकास संस्थामा टिकारामको नेतृत्वमा नयाँ कार्यसमिति

Banner

चितवन,बैशाख १-

चितवनको भरतपुर महानगरपालिका वडानम्वर ८ स्थित ज्योती टोल बिकास संस्थामा टिकाराम कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको २४ औं साधारणसभा एवं बाह्रौ अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा उमानन्द कँडेल,सचिव कृष्णप्रसाद कँडेल,सहसचिव मन्जु अर्याल,कोषाध्यक्ष जितबहादुर श्रेष्ठ र सदस्यहरुमा समिता सुवेदी,भगवती पौडेल,विष्णुप्रसाद कँडेल,मुक्तिराम आचार्य र तिलक सापकोटा चयन हुनुभएको छ । भरतपुर ८ का अध्यक्ष जीवनाथ कँडेलको अध्यक्षतामा सम्पन्न अधिबेशनमा टोल बिकास संस्थालाई सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । लक्ष्मीकान्त कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा टोलका पूर्वअध्यक्ष लगायत विभिन्न व्यक्तीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सारिका कँडेलले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>