खेलकुद
अष्ट्रेलियामा एरिका गुरुङलाई स्वर्ण पदक
०

काठमाडौँ, चैत २३–
हिमालयन वारियर नामको उपमा पाएकी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराते च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी छन् ।
सिड्नीमा भएको प्रतियोगितामा एरिकाले अर्को अन्तर्राष्ट्रिय स्वर्ण पदक जित सफल भएकी हुन् । नेपाल कराते संघले एक विज्ञप्ती जारी गर्दै एरिकाले स्वर्ण पदक जित्नु नेपालको लागि गौरवको क्षण भएको बताएको छ ।
एरिकाले नेपाललाई १९ औं एशियाली खेलकुदमा रजत पदक दिलाएकी थिइन् । नेपाली करातेको इतिहासमा एशियाली खेलकुदमा रजत जित्ने उनी पहिलो खेलाडी हुन् ।