Breaking News

अहिले नै गिरफ्तारी दिँदैछु, न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछुः रवि लामिछाने

Banner

काठमाडौं,चैत २२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने बताएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि लामिछानेले गिरफ्तारी दिन तयार भएका हुन्। उनले फेसबुकमा लेखेका छन्, सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु। उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन्। न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ, उनले भनेका छन्। उनले भोलि (शनिबार) चितवनमा हुने भनिएको सभा रोक्न पनि आग्रह गरेका छन्।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>