चितवन विशेष

भरतपुरका २ सय ८९ कैदी तथा बन्दीको निःशुल्क आँखा परीक्षण

Banner

चितवन, चैत १३-

भरतपुर कारागारका कैदी तथा बन्दीहरुले निःशुल्क आँखा परिक्षण गराएका छन् ।

नेत्रज्योति संघ चितवनको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार भरतपुर आँखा अस्पतालले २ सय ८९ जना बन्दीको निःशुल्क आँखा परिक्षण गरेको हो । आँखा परिक्षणपछि आवश्यक पर्नेहरुलाई औषधि र चस्मासमेत निःशुल्क वितरण गरिएको छ ।

नेत्रज्योति संघ चितवनको सभापति तथा भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले संस्थाको स्थापना दिवस पारेर प्रत्येक वर्ष आँखा शिविर गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले विगत २२ वर्षदेखि कारागारमा आँखा शिविर गर्दै आएका छौँ । कारागारमा रहेका बन्दीले समयमै उपचार नपाउने हुँदा हामीले विशेष दिवसको अवसर पारेर कार्यक्रम गरेका हौँ ।’

कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले बन्दीलाई लक्षित गरेर हरेक वर्ष आँखा अस्पतालले शिविर गर्दै आएको बताउनुभयो । उहाँले उपचारको लागि आर्थिक अभाव खेपिरहेका बन्दीले यस शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘मोतीया बिन्दु भएका बन्दीलाई निःशुल्क शल्यक्रिया गर्ने भरतपुर आँखा अस्पतालले प्रतिबद्धता जनाएको छ । यसले हामीलाई धेरै सहज पुग्ने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>