चितवन विशेष
भरतपुर केन्द्रका प्रमुखमाथि कुटपिट गर्नेलाई कारबाही गर्न कर्मचारी संगठनको माग
०

चितवन,चैत १३-
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनले बुधबार भरतपुर वितरण केन्द्रका हाकिममाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन्।
नेविप्रा कर्मचारी कल्याण परिषद् र नेविप्रा राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष श्रीप्रसाद आचार्य र वरिष्ठ उपाध्यक्ष भुमिनन्द अर्यालले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।
उनीहरुले घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। कारबाही नगरिए ट्रेड युनियन ऐन र नियमावलीअनुसार आन्दोलित हुन बाध्य हुने उनीहरुले जनाएका छन्। उक्त केन्द्रमा ११ गते करिब १२ बजे डिजिटल बोर्ड ह्याक भई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गाली प्रसारण भएको थियो। सोसँगै एक समूहले केन्द्र प्रमुख रामु श्रेष्ठको कार्यकक्षमा तोडफोड गर्दै उनलाई समेत कुटपिट गरेको थियो।
पढ्नुहोस् विज्ञप्ति

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























