चितवन विशेष

चितवनको रत्ननगरमा भेटेरिनरी अस्पताल सञ्चालन गर्न भवन निर्माण

Banner

चितवन, फागुन २७-

चितवनको रत्ननगर नगरपालिकामा भेटेरिनरी क्लिनिकका लागि भवन निर्माण गरिएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालय बागमती प्रदेशले पशुको उपचार गर्ने उद्देश्यले रत्ननगर नगरपालिका–१२ स्थित बागदेवी किसान टोलमा चार कोठे भवन निर्माण गरेको हो । पशुको उपचारमा सहज बनाउने उद्देश्यले प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९/२०८० मा चितवनको रत्ननगरसहित इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४, भरतपुर महानगरपालिकाको २२ र २४ नम्बरमा चार वटा भेटेरिनरी क्लिनका योजना परेका थिए । त्यसमध्ये रत्ननगरमा ३६ लाख रुपैयाँ लागतमा निर्माण भएको क्लिनिकको भवन प्रदेश सरकारले वडा कार्यालयलाई हस्तान्तरण गरेको वडा अध्यक्ष सुन्दरमणी सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले भवन निर्माण गरेपनि कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्नुपर्ने उनले बताउनुभयो । ‘भौतिक संरचना प्रदेश सरकारले बनाइदिएको छ । अहिले आवश्यक उपकरण हामीसँग उपलब्ध छैन,’ उहाँले भन्नुभयो ‘कर्मचारीको व्यवस्थापन गरेर भेटेनिरी क्लिनिक सञ्चालन गर्दछौँ ।’ क्लिनिक सञ्चालन गर्नका पशु चिकित्सक सहित कम्तिमा पाँच जना कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो। यहाँबाट सबै सेवा सुविधा उपलब्ध भए पशु सम्बन्धी लाग्ने उपचार तथा पशुको अप्रेसन समेत हुने उहाँले बताउनुभयो ।

नगरपालिकाबाट छिटोभन्दा छिटो प्राविधिक जनशक्ति पठाए पशुपालक कृषकहरुलाई सेवा प्रवाहमा गर्न सकिने वडा सचिव शंकर क्षेत्रीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>