चितवन विशेष
नारी दिवसमा नारायणगढ लेडी जेसीजको स्वास्थ्य शिविर

चितवन, फागुन २५-
११५ औं अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा नारायणगढ लेडी जेसीज तथा भरतपुर महानगरपालिका २२ नं.वडा कार्यालयले निःशुल्क ब्रेस्ट एंड सर्वाइकल स्क्रीनिंग शिविर सम्पन्न गरेको छ ।
नारायणी सामुदायिक हस्पिटलको प्राविधिक सहयोगमा वडा कार्यालय परिसरमा भएको शिविरमा १५० जना महिलाले लाभ लिएकोमा १०३ जनाले भिडियो एक्स रे सेवा समेत लिएको जेसीजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुजना अधीकारी गौतमले जानकारी दिइन् ।

शिविरमा स्तन क्यान्सर विशेषज्ञ सर्जन डा.भक्तमान श्रेष्ठ, सिनियर रेडियोलोजिस्ट डा.आशिष सुवेदी, गाइनोक्लोजी विशेषज्ञ डा.मबिन्द्र श्रेष्ठले बिरामीको जाँच गरेका थिए ।
वडा अध्यक्ष विश्नुराज महतोको प्रमुख आतिथ्य तथा नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी एलीना श्रेष्ठ तथा प्रथम पुरूष निरज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आशिर्वाद पाईप इंडस्ट्रीका प्रोपराइटर गोपाल गौतम,निवर्तमान अध्यक्ष जेसी हिमा श्रेष्ठ , अध्यक्ष सल्लाहकार रमा श्रेष्ठ , नीरू कार्की, नारायणगढ जेसीजका पूर्व अध्यक्ष सिनेटर सुदीप सिहं अधिकारी , जेसी अमर घिमिरे , उधमी बिजय घले, सालीक दवाडीलगायतको उपस्थिति रहेको थियो ।

























