क्रिकेट

भरतपुर मेयर्स कप क्रिकेटः नारायणी नमुना माविको लगातार तेस्रो जित

०
Banner

चितवन, फागुन ७–

भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा नारायणी नमुना माविले लगातार जित निकालेको छ । यो जितसंगै नारायणी नमुना समूह ‘बी’को शीर्ष स्थानमा यथावत रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा नारायणी नमुनाले सनराइज इङलिस स्कुललाई ४४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नारायणी नमुना माविले २८.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । उसका लागि आयुष गिरीले ३८ रन बनाए भने सबिन खरेलले १७ रन बनाए । सनराइजका निरज ठाकुरले ३ र मन्दिप यादवले २ विकेट लिए ।

१३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सनराइज २७.३ ओभरमा ९४ रनमा अलआउट भयो । उसका लागि उज्जवल पटेलले १४ र मन्दिप यादवले १२ रन बनाए । सनराइजलाई अलआउट गर्न उमेश महतोले ३ र राहुल कुशवाहले २ विकेट लिए । नारायणी नमुना माविका उमेश महतो प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) नारायणी इङलिस पब्लिक स्कुल र अर्किड इङलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>