क्रिकेट

भरतपुर मेयर्स कप क्रिकेटः वाल्मीकिको दोस्रो जित

Banner

चितवन, फागुन ६–

भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा वाल्मीकि शिक्षा सदनले दोस्रो जित निकालेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा वाल्मीकिले हिमालय दण्डपानी माविलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितले वाल्मीकिको रनरेटमा समेत सुधार भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वाल्मीकि समीर न्यौपानेको अर्धशतकीय पारीमा ८ विकेट गुमाउँदै २२५ रनको विशाल योगफल तयार पारेको थियो । समीरले ५५ बलमा ६२ रन बनाए भने राहुल कुमार यादवले २८ बलमा ३५ रन बनाए । हिमालय दण्डपानी माविका प्रतिक खवासले ४१ रन खर्चिदै ३ विकेट लिए ।
२२६ रनको लक्ष्य पछ्याएको हिमालय दण्डपानी मावि २४.५ ओभरमा ८३ रन बनाउँदै अलआउट भयो ।
खेलमा वाल्मीकिका समीर न्यौपाने प्लेयर अफ दि म्याच घोषित भए । जारी प्रतियोगिता अन्तरगत भोलि ५०औं खेलमा सनराइज इङलिस स्कुल र नारायणी नमुना माविबीच प्रतिस्पर्धा हुनेछ ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>