चितवन विशेष
देवघाट दिव्यधाम निर्माणमा सरकारले सहयोग गर्छः कृषिमन्त्री अधिकारी
०

चितवन,माघ २७-
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देवघाटधाममा निर्माणाधीन दिव्यधाम निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । देवघाटमा जारी महामहोत्सवको २७औँ दिनको कार्यक्रममा आज उहाँले दिव्यधाम गौरवको विषय भएकाले यसमा सरकारको सहयोग रहने बताउनुभयो ।
मन्त्री अधिकारीले दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्बलमा कर छुट दिने विषयमा समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दिव्यधाम निर्माणपछि यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । तीन सय ६५ कोठाको संरचनासहित ज्येष्ठ नागरिक र असहायका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























