चितवन विशेष

मिसन रेड अन्तरगत भ्यालेनटाइन डेमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने

Banner

चितवन, माघ २७–

मिसन रेड अन्तरगत रक्तदान अभियान संचालन सहयोगार्थ प्रेम दिवस (भ्यालेनटाइन डे)को अवसरमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने भएको छ ।

आउँदो फागुन २ गते होटल ग्लोबल भरतपुरमा अपरान्ह ५ बजेदेखि ‘प्रेमिल साँझ’ सुरु हुनेछ ।

अहिले प्रेमिल साँझको तयारी धमाधम भइरहेको आयोजक ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । एसडी इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा चर्चित गायकहरु प्रकाश दुतराज, रचना रिमाल, प्रदीप रोदन, थानेश्वर गौतम, अर्पण तामाङ र डिजे निकको प्रस्तुती रहने अधिकारीले बताए ।

‘प्रेमिल साँझको तयारीमा अन्तिम तयारीमा छौं, रक्तदानका लागि च्यारिटी कार्यक्रम भएकाले सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु’–अधिकारीले भने ।

कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ । जोडी भएर सहभागि हुनेले रु.१५ सय र एक जनाका लागि रु.१ हजारको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । चितवनमा अहिले युवाहरुले मिशन रेड अभियान चलाइरहेका छन् । विभिन्न ठाउँमा पर्चा पम्प्लेट टाँस गर्ने देखि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>