चितवन विशेष

मिसन रेड अन्तरगत भ्यालेनटाइन डेमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने

०
Banner

चितवन, माघ २७–

मिसन रेड अन्तरगत रक्तदान अभियान संचालन सहयोगार्थ प्रेम दिवस (भ्यालेनटाइन डे)को अवसरमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने भएको छ ।

आउँदो फागुन २ गते होटल ग्लोबल भरतपुरमा अपरान्ह ५ बजेदेखि ‘प्रेमिल साँझ’ सुरु हुनेछ ।

अहिले प्रेमिल साँझको तयारी धमाधम भइरहेको आयोजक ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । एसडी इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा चर्चित गायकहरु प्रकाश दुतराज, रचना रिमाल, प्रदीप रोदन, थानेश्वर गौतम, अर्पण तामाङ र डिजे निकको प्रस्तुती रहने अधिकारीले बताए ।

‘प्रेमिल साँझको तयारीमा अन्तिम तयारीमा छौं, रक्तदानका लागि च्यारिटी कार्यक्रम भएकाले सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु’–अधिकारीले भने ।

कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ । जोडी भएर सहभागि हुनेले रु.१५ सय र एक जनाका लागि रु.१ हजारको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । चितवनमा अहिले युवाहरुले मिशन रेड अभियान चलाइरहेका छन् । विभिन्न ठाउँमा पर्चा पम्प्लेट टाँस गर्ने देखि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>